मोडल समीक्षाले हिरोसँग अनैतिक सम्बन्ध राखेको चर्चा,भन्छिन्, ‘त्यस्तो केही होइन’

मोडल समीक्षाले हिरोसँग अनैतिक सम्बन्ध राखेको चर्चा,भन्छिन्, ‘त्यस्तो केही होइन’

पछिल्लो समय गायिका तथा मोडल समीक्षा अधिकारी र नायक पल शाहबीचको सम्बन्धलाई लिएर कैयौं टिकाटिप्पणी हुँदै आएका छन् । नायक शाहले गायिका अधिकारीसँग विवाह गर्ने सम्झौता गरेको समाचार छरपष्ट भएपछि उक्त विवाद झन् चुलिएको हो ।

अधिकारीले हिजो बेलुकी आफू र शाहबीच कुनै पनि सम्झौता नभएको बताउँदै हल्लाको भरमा कपोलकल्पित समाचारहरु नबनाइदिन सामाजिक सञ्जालमार्फत् आग्रह गरेकी हुन् । गायिकाले केही मिडियाले हचुवाको भरमा समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको समेत बताइन् ।

पल र समीक्षाबीच अनैतिक सम्बन्ध रहेकाले उनीहरु दुई वर्षभित्र बिहे गर्नुपर्ने अवस्थामा पुगेको भन्दै एउटा सञ्चारमाध्यममा सार्वजनिक समाचारपछि उक्त जोडीको सम्बन्धलाई लिएर दर्शकले विभिन्न अड्कलबाजी गरेका हुन् ।

तर समीक्षाले आफूलाई केही मिडियाले बदनाम गर्न खोजेको र त्यसबाट पल शाहमाथि झन् ठूलो असर पर्ने काम गरेको भन्दै आक्रोशित भएकी छन् । उनले आफू र पलबीच कुनै पनि खालको अनैतिक सम्बन्ध नरहेको समेत सामाजिक सञ्जालमा लेखेकी छन् । अधिकारीले ‘पल शाह आफ्नो अभिभावक भएकाले गलत प्रचार गर्नेहरुको पछि नलाग्न,’ दर्शकलाई अनुरोध समेत गरेकी छन् ।

टिप्पणीहरू