आज जताततै जुकाको औषधी र भिटामिन ‘ए’ खपत

आज जताततै जुकाको औषधी र भिटामिन ‘ए’ खपत

आजबाट देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउन थालिएको छ । आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले देशभर स्थानीय तहका प्रत्येक वडाको तोकिएका खोप केन्द्रमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन अनुरोध गरेको छ । सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधी वितरण गर्दै आएकोमा यसवर्ष दशैँ परेकाले ७ र ८ गते सारेको हो ।

कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

टिप्पणीहरू