सर्वोच्चमा शुरु भयो बार र प्रधानन्यायाधीशवीच संवाद

सर्वोच्चमा शुरु भयो बार र प्रधानन्यायाधीशवीच संवाद

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारका पदाधिकारीहरु प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग छलफलमा जुटेका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाईमा कार्यसमिति अहिले प्रधानन्यायाधीश भेट्न सर्वाेच्च पुगेको छ । ११ बजे तय भएको भेटघाट प्रधानन्यायाधीशकै च्याम्बरमा चल्दैछ ।

बारका पदाधिकारीहरुले पछिल्लो समय प्रधानन्यायाधीश राणा नै विभिन्न विषयको विवादमा तानिनुभएको,गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएकोदेखि मापदण्ड पूरा भएका वरिष्ठ अधिवक्ताले पाँच वर्षदेखि उपाधि नपाएको बिषयमा बार टोलीले प्रधानन्यायाधीशसँग छलफल गर्ने जनाइएको छ ।

गत २८ भदौमा बसेको बार–बेन्च बैठकमा नेपाल बारका पदाधिकारीले गोलाप्रथा लागू गर्न प्रस्ताव राख्दा प्रधानन्यायाधीश जबराले उक्त बैठकमै असोज मसान्तभित्र गोलाप्रथा लागू गर्न तयार रहेको बताए पनि कार्यान्वयनमा आउन सकेको छैन । सर्वोच्चको प्रशासन श्रोतका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले तयार पारेको प्रतिवेदन पूर्ण इजलाससमक्ष पेश हुन पाएको छैन भने अर्का न्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको कार्यदलले वरिष्ठ अधिवक्तावाला प्रतिवेदन बुझाउनै बाँकी छ ।

१ वर्षअघि नै वरिष्ठ अधिवक्ताको योग्यता पुगेका कानून व्यवसायीको विवरण संकलन गरी बुझाइएको भए पनि तिनले बरिष्ठताको उपाधि पाएका छैनन् । बार स्रोतका अनुसार ४ बर्षदेखि मापदण्ड पुगेका अधिवक्ताहरुले समेत बरिष्ठता पाउन सकेका छैनन् ।

टिप्पणीहरू