सुन्दरीका सामु सबको ‘सफाया’

स्त्रीशक्ति भनेको अपरम्पार नै रहेछ । यसले कतिसम्म आफ्नो पावर प्रयोग गर्न सक्छ भने कुनै पनि संस्थाको निर्णय, चेन अफ कमाण्ड बिहानको साँझ नै उल्टिने । कुनै प्रोटोकोलले काम नहुने, जो आए पनि त्यही व्यक्ति हाबी भइरहने, बेलाबेलामा एउटै मान्छेको चल्ने ।

सरकारमा जो आए पनि उसलाई प्रभावित पार्न सक्ने । सबै अवसर झ्याप्पै छोप्न सक्ने– यस्तो अनौठो क्षमता निहित भएरै स्त्री रूप र सौन्दर्यको समाजमा पूजा हुने गरेको हो । प्रधानमन्त्रीको अब हुने भारत भ्रमणमा सँगै जाने मान्छेको नाम छान्दाको प्रसंग हो यो । कुरा ठूलो होइन, पद र हैसियत पनि विशाल होइन । तर, फेस भ्यालुको मूल्य देखिन्छ यसमा । सरकारी च्यानल नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको भ्रमणसम्बन्धी रिपोर्टिङका लागि को जाने भनेर नाम मागियो, प्रचण्ड भारत वा चीन जाँदा होस् वा देउवाले भारत भ्रमण गर्दा नै किन नहोस्, देशको एउटै मात्र सरकारी टेलिभिजन च्यानलबाट सधँै एउटै पात्र दोहोरिने गरेको छ । उनी हुन्, शिवानी थापा ।

सातौं तहका नीराजन खनाल र क्यामेरामेन कृष्णहरि बखुञ्छें त्यता जाने निर्णय थियो । तर, छैठौं तहकी शिवानीले त्यसलाई उल्टाइदिइन्, अन्तिम अवस्थामा आएर । जबकि सञ्चारसचिव केदार अधिकारी आफैंले फोन गरेर कृष्णहरि र नीराजनलाई जान खबर गरेका थिए । अहिले शिवानीले आफ्नो अतिरिक्त शक्तिको प्रभावले संस्थागत निर्णयलाई नै उल्टाएपछि नेपाल टेलिभिजनका कर्मचारी भन्न थालेका छन्, ‘यस्तै पारा रहिरहने हो भने हामीले कुन उत्साहले काम गर्ने ? काम होइन, रूपको मूल्यांकन हुने भएपछि कासमूमै त्यसको निम्ति छुट्टै नम्बरको व्यवस्था किन नगर्ने ? 

टिप्पणीहरू