एमाले बुध्दिजीवीहरु शिव सेना र बाल ठाकरेलाई जोडेर के भन्दैछन् ?

पार्टीको लोकप्रियता चुलिएको बेला निकै आशावादी देखिएका एमालेनिकट बुध्दिजीवीहरु अहिले निराश हुन थालेका छन् । उनीहरुले नेपालको परिस्थितिलाई चिनियाँ कम्युनिष्ट पार्टीले सन् ६० र ७० को दशकको बेला झेलेको राजनीतिक अवस्थासँग दाँजेर हेर्न थालेको बताइन्छ ।

त्यतिबेला अध्यक्ष माओत्सेतुङको बोलवाला थियो । पार्टीमा उहाँले जे भन्यो त्यहि लागु हुन्थ्यो । तर उहाँपछि तङ स्याओ पिङले आर्थिक सुधारलगायतका कार्यलाई अघि बढाएपछि बल्ल चीन अहिलेको अवस्थामा आइपुगेको एमाले बुध्दिजीवीहरुको निश्कर्ष हो ।

“यसबीच सचिव योगेश भट्टराईको प्रवक्ता पद खोसिएको छ । उपाध्यक्ष भीम रावललाई पनि पार्टीमा नबसे कुनै फरक पर्दैन भन्ने आशयले धकेल्न थालिएको छ ।”

यता अहिले एमालेमा पनि केपी ओली रहुञ्जेल पार्टीमा प्राविधिक चमकधमक देखिए पनि राजनीतिक सुधारको कुनै गुञ्जायस नभएको उनीहरुको ठहर छ । समयानुकूल सबैलाई समेटेर पार्टी अघि बढाउनुपर्नेमा हाहा र हुहु गरेर हुल संस्कृति भित्र्याइएको उनीहरु बताउँछन् ।

‘जति भने पनि र गरे पनि ओली नसुध्रिने हुनुभयो । एक पटक निर्वाचनमा ठूलै धक्का नखाएसम्म नेपालका कम्युनिस्टहरुको चेत नखुल्ने अवस्था बन्दै गएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक जना बुध्दिजीवीले भन्नुभयो ।

“आगामी महाधिवेशनमा उनीहरु सबैलाई ठेगान लगाउने निश्चित रहेको जनआस्थासँगको भेटमा ती बुध्दिजीवीले बताए । “

अब ढिलो चाँडो आफूतिर आएका माधव नेपाल निकट नेताहरुलाई ठेगान लगाउने योजनामा बालकोट अघि बढेकाले उनीहरु चिन्तित बनेका हुन् । आगामी महाधिवेशनमा उनीहरु सबैलाई ठेगान लगाउने निश्चित रहेको जनआस्थासँगको भेटमा ती बुध्दिजीवीले बताए ।

‘ओली आफूलाई सरकारबाट हटाइएको,पार्टीभित्र अप्ठेरो पारिएको र बालुवाटारबाट बालकोट पुर्याएको हिसाब किताब निकालेर बस्नुभएको छ,’ उनले भने । किनभने यसबीच सचिव योगेश भट्टराईको प्रवक्ता पद खोसिएको छ । उपाध्यक्ष भीम रावललाई पनि पार्टीमा नबसे कुनै फरक पर्दैन भन्ने आशयले धकेल्न थालिएको छ ।

एक पटक निर्वाचनमा ठूलै धक्का नखाएसम्म नेपालका कम्युनिस्टहरुको चेत नखुल्ने अवस्था बन्दै गएको छ

बुध्दिजीवीहरुका अनुसार अहिलेको एमाले (महाराष्ट्र) मुम्बईका बाल ठाकरेको पार्टीजस्तो बन्दै गएको छ । उनीहरुले भनेका छन्, ‘ढिलो चाँडो जे भए पनि र जसरी पनि आफ्नो बोलवाला छउञ्जेल बाल ठाकरेको पार्टीजस्तो बनाउने इच्छा ओलीमा देखियो ।

जसरी शिव सेनामा अरु नेता कोही नभएको जस्तो अवस्था बनाइयो,त्यस्तै स्थिति एमालेमा पनि सिर्जना गरिँदैछ ।’

यसबीच नेकपा एकीकृत समाजवादीको गठनपछि पनि पार्टी एकताको झिनो प्रयास भएको भन्नेमा बुध्दिजीवीहरु नै विभाजित देखिएका छन् ।

ओलीले “एमालेमा माधव नेपाल बाहेक” भन्दै आएकाले एकताको सम्भावना नरहेको अर्काथरिको भनाइ छ । किनभने माधव नेपाल फर्केमा फेरि एमालेमा उनको शक्ति एकीकृत हुने डर रहन्छ ।

टिप्पणीहरू