मन्त्रीज्यूको सचिवालय तयार

मन्त्रीज्यूको सचिवालय तयार

शिक्षा मन्त्री बन्नेबित्तिक्कै माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सचिवालय हेरफेर गर्नुभएको छ । निजी सचिव (पिए) मा पहिले कुश्मा पर्वत घर भएका र अहिले दहचोक काठमाडौंमा बसोबास गर्दै आएकालाई राखिएको छ । उनीमाथि पौडेलको नाममा रकम कलमको जोहो गर्ने गरेको आरोप थियो ।

हुन पनि २०७४ सालमा उनको नाममा पौडेललाई प्रदान गर्नेगरी पर्वत, कुश्माबाट आइएमई गरेर ३३ लाख रुपैयाँ काठमाडौं आएको रसिद नै प्रकाशित छ । उता नवलपरासीमा बिबी खरालको नाममा ठूलो कृषि फर्म खोलिएको छ ।

खरालले साथीभाइसँग रमाइलोसँग खानपिन गरेको बेला देखावटीमा म साहुजी भए पनि रकम कलमको हिसाब राख्ने भित्री साहु त देवेन्द्र पौडेल नै हुनुहुन्छ नि कमरेड भन्ने गरेकाले पनि पहिलेको कुरो अहिले चुहिएको शिक्षा मन्त्रालयतिर चर्चा छ ।

टिप्पणीहरू