पार्टी फुटेपछि पार्टी एकताबध्द बनेको ओलीको दाबी

पार्टी फुटेपछि पार्टी एकताबध्द बनेको ओलीको दाबी

प्रमुख प्रतिपक्षी दल एमालेले हिजो मुलुकभर एकैपटक वडा अधिवेशन सम्पन्न गरेको छ । राजधानी काठमाडौं जिल्लामा भने अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनक्रममा ओलीले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिनुभएको छ । एमाले छाडेर नयाँ दल नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएपछि पार्टी एकताबद्ध भएको उहाँले उल्लेख गर्नुभएको छ ।सोही क्रममा उहाँले भन्नुभएको छ, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी गरिरहेका छौं । हालै एमाले बिरुद्ध चलाइएको एउटा स्याल हुईंया बिस्तारै कमजोर हुँदै गएको छ ।

एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त भयो भन्ने हल्ला चलाइयो । तर म भन्छु– ती सबै बेकारका बलेसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । बलेसीका पानीका फोकाको आयु लामो हुँदैन ।’

टिप्पणीहरू