गुडिरहेको बसमा आगो दनदनी

गुडिरहेको बसमा आगो दनदनी

सुर्खेतबाट काठमाडौंतर्फ आइरहेको  रात्री बसमा एकाएक आगलागी भएको छ । राजमार्गमा गुडिरहेको बसमा आगलागी भएपछि यात्रुहरुको भागाभाग भएको थियो । रातको समयमा मस्त निन्द्रामा रहेका उनीहरु तत्काल बसबाट बाहिर निस्किएका थिए ।

सुर्खेतबाट छुटेको बसमा धादिङको गजुरी आइपुगेपछि आगलागी भएको प्रहरीले जनाएको छ । गुडिरहेको अवस्थामा आगलागी भएको प्रहरीले पुष्टि गरेको छ ।

ना. ६ ख १४७१ नम्बरको यात्रुवाहक बस गुडिरहेको अवस्थामा राती २ बजेको हाराहारीमा धादिङको गजुरी बजारमा आगलागी भएको हो । आगलागीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भए पनि यात्रुहरु भने सबै सकुशल रहेको जनाइएको छ ।

आगलागीको कारण खुलेको छैन । सम्भवतः बसभित्रको बिजुलीको तार सर्ट भएर आगो दन्केको आशंका गरिएको छ ।

टिप्पणीहरू