मुगुमा गोली चल्यो, बालकको मृत्यु

मुगुमा गोली चल्यो, बालकको मृत्यु

मुगुको खत्याड गाउँपालिकामा गोली लागेर एक बालकको मृत्यु भएको छ । खत्याड १० डुमेना गाउँमा आज दिउँसो १२ बजे बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार,घरमा राखेको भरुवा बन्दुक स्थानीय १३ वर्षीय बालक तिर्थ रावल र गोर्ख रोकायाले खेलाउँदा खेलाउँदै पड्किएको थियो । गोली चल्दा डुमेनाका अमर सिंह रावलका ९ वर्षीय छोरा विकास रावलको मृत्यु भएको हो ।

उक्त बन्दुकसहित आमाबुबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

टिप्पणीहरू