नेताहरु भारत जाने सिजन शुरु, काँग्रेस महामन्त्रीको आज पालो

नेताहरु भारत जाने सिजन शुरु, काँग्रेस महामन्त्रीको आज पालो

राजनीतिक उतारचढावसँगै नेपाली राजनीतिक दलका नेताहरु भारत पुग्ने पुरानो रोग कायम छ ।

राष्ट्रिय राजनीति र राजनीतिक दलको आन्तरिक खिचातानीमा आफ्नो हात माथि पार्ने उद्देश्यले उनीहरुले नयाँ दिल्लीको यात्रा गर्ने गरेको आरोप छ ।

यता सत्तारुढ दल नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै जाँदा काँग्रेसी नेताहरु भारत उड्ने क्रम शुरु भएको छ । आज महामन्त्री डा. सशांक कोइराला त्यता जान लाग्नुभएको काँग्रेस निकट स्रोतले बताएको छ ।

कोइरालासँगै काँग्रेस संखुवासभा सभापति दीपक खड्का पनि जाने बताइन्छ । काँग्रेसी नेताहरुको भारत दौडाहालाई नेपाली राजनीतिमा त्यति धेरै अचम्म मानिँदैन ।

महाधिवेशनको मुखमा यसअघि उपसभापति विमलेन्द्र निधि काठमाडौंबाट नउडेर भारतको सिलिगुड्वेस्थित बागडोग्रा विमानस्थल भएर नयाँ दिल्ली गएका थिए भने सह महामन्त्री प्रकाशशरण महतको टोली भर्खरै उताको निम्तो मानेर फर्किएको हो ।

टिप्पणीहरू