विद्युत प्राधिकरणले भ्रम चिर्न थालेको कुलमान घिसिङको दाबी

विद्युत प्राधिकरणले भ्रम चिर्न थालेको कुलमान घिसिङको दाबी

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताउनुभएको छ ।

प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा घिसिङले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाइएको जानकारी दिनुभएको हो ।

उहाँले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजनाबाहेक ४ सय ५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘आगामी दिनमा विद्युत प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने आरोप लगाउँथे,प्राधिकरणले अहिले करिब २ हजार मेगावाटका ठूला आयोजनाहरु अगाडि बढाएको छ ।’

टिप्पणीहरू