भीम रावलले आज राजीनामा दिने

भीम रावलले आज राजीनामा दिने

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको दश बुँदे कार्यदलबाट आज्नलिखित राजीनामा दिने बताउनुभएको छ । उहाँले हिजो बसेको पार्टी स्थायी समितिको बैठकमा मौखिक जानकारी गराउँदै आज लिखित राजीनामा बुझाउने बताउनुभएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयनमा आलटाल गरेकाले राजीनामा दिन बाध्य भएको उहाँले उल्लेख गर्नुभएको हो । राजीनामाको प्रसंगसँगै रावलले राजनीतिमा भोलि के हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउँदै केही परसम्मको संकेत गर्नुभएको छ ।

पार्टी एकतालाई बलियो बनाउन गठन गरिएको कार्यदल र उसका सुझावलाई बेवास्ता गरिएकाले राजीनामा दिन बाध्य भएको उहाँको जिकीर छ । ‘सबैजना सकारात्मक हुँदै गर्दा अध्यक्षले आलटाल गरेपछि परिस्थिति अर्कै बनेको,’ रावलको तर्क छ ।

उता पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने रावलको राजीनामाबारे केही पनि चर्चा नगरी बैठकले महाधिवेशनस्थल बुटवलबाट चितवन सार्ने र महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गराउने निर्णय भएको जानकारी दिनुभएको छ ।

बैठकले ठुस्किएर बैठकमा नगई बसेका पूर्व माओवादी प्रभू साहको मागबमोजिम उनकै जिल्ला रौतहटका कुन्दन कुसवाहा र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

टिप्पणीहरू