एएफसी यु–२३ एसियन कप छनोट : नेपालले इन्डोनेसियासँग खेल्दै

एएफसी यु–२३ एसियन कप छनोट : नेपालले इन्डोनेसियासँग खेल्दै

ताजकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुँदैछ ।

एएफसी यू–२३ एसियन कप छनोटको तयारीस्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छोटो समयमा तयार पारिएको टोलीमा छ जना राष्ट्रिय खेलाडी भए पनि उनीहरुले बाँकी यु–२३ टोलीसँग अभ्यास गर्न भने पाएका थिएनन् ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूहको अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

टिप्पणीहरू