गृह मन्त्रालयमा दुबै थरी प्रहरीको सचिवालय स्थापना

गृह मन्त्रालयमा दुबै थरी प्रहरीको सचिवालय स्थापना

गृह मन्त्रालय मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तालुक अड्डामा मुकाम कार्यालय खोलेका छन् । प्रशासन वा प्रहरी प्रशासनमा कहिँ कतै पनि तालुक अड्डामा सोभन्दा मुनिका कार्यालय वा संगठनले मुकाम कार्यालय खोल्दैनन् । तर,गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वको गृह प्रशासनले पहिलोपटक यस्तो निर्णय कार्यान्वयन गरेको छ ।

बुधबारदेखि गृह मन्त्रालयमा खडा गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको मुकाम इकाइमा बर्दीधारी प्रहरी अधिकृतले काम शुरु गरेको बताइन्छ । जबकि गृहमा यसअघि नै मातहतका सुरक्षा निकायसँग समन्वय गर्न इकाइको गठन गरिएको र सोहीबमोजिम कार्य समेत हुँदै आएको छ ।

ती इकाइमा गृह मन्त्रालयका कर्मचारी नै रहने व्यवस्था छ । तर, अहिले खडा गरिएको मुकाममा भने प्रहरी र सशस्त्रका तोकिएका कर्मचारी नै हुनेछन् ।

धेरै अघिदेखि गृहमा केन्द्रीय सुरक्षा समिति र रक्षा मन्त्रालयमा राष्ट्रिय सुरक्षा परिषदको व्यवस्था छ । त्यसमा सबै सुरक्षा निकायको प्रतिनिधि रहने व्यवस्था छ । तर अहिले नौलो संगठन प्रणाली बनाउने नाममा सञ्चालनमा ल्याइएको सुरक्षा निकायको मुकाम हात्ती बनाउन खोज्दा ऊँट बनेको चर्चा छ ।

टिप्पणीहरू