हाम्रो हिमाल पग्ल्यो, समुद्रको सतह बढ्यो : गृहमन्त्री

हाम्रो हिमाल पग्ल्यो, समुद्रको सतह बढ्यो : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाईसँगै लिएर हिँड्नुपर्ने चुनौती आएको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा उहाँले यस्तो धारणा राख्नुभएको हो । नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु आइपरेको मन्त्रीको भनाइ छ ।

कार्यक्रममा खाँणले,‘हाम्रा बाजेबज्यै, आमा बुबाहरुले बेहोरेको भन्दापनि पृथक प्राकृतिक विपतिलाई हामीले सामना गर्नुपरेको छ । यहाँको लेदो, ढुंगामाटो बगेर हाम्रो छिमेकी मित्रराष्ट्रमा पुगेको छ । हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दा समुन्द्र किनारलाई पनि त्यसले गम्भिर प्रभाव पार्छ । यो नेपालको मात्र सवाल होइन ।’

त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई समेत नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक चुनौतीको सामना गर्न साथमा लिएर अघि बढ्नुको विकल्प नभएको उहाँको धारणा छ ।

टिप्पणीहरू