राजेश हमालको बल्ल घुँडो च्यात्तियो-महरा काण्डकी चर्चित रोशनी शाही

राजेश हमालको बल्ल घुँडो च्यात्तियो-महरा काण्डकी चर्चित रोशनी शाही

पूर्वसभामुख कृष्णबहादुर महरासँग कुनैबेला नाटकीय ढंगले जोडिएकी रोशनी शाहीले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालप्रति पनि कटाक्ष गरेकी छन् । सामाजिक सञ्जालमा उपल्लो तहका नेता तथा कार्यकर्ताको इज्जतको धज्जी उडाउने आशयको व्यहोरा लेखेर बेला बेला विवादमा तानिएकी उनले यस पटक हमालको जीवनशैली र व्यक्तिगत जीवनमा समेत प्रश्न गर्न भ्याएकी हुन् ।

रोशनीले आफ्नो फेसबुकमा हमाल र उनकी पत्नी मधु भट्टराईको तस्विर सावर्जनिक गर्दै ‘शुभ समाचार कहिले सुन्न पाइने हो ?,’भनी सम्भवतः छोराछोरी कहिले जन्माउने आशयको प्रश्न गरेकी छन् । उनले सार्वजनिक गरेको उक्त पोष्टमा हमाल ५२ देखि ५५ वर्षको उमेरमा पुग्दा बल्ल घुँडामा च्यात्तिएको पाइन्ट लगाएकाले यस्तै हालत हो भने ६० वर्ष पुग्दामात्र हमालले शुभ समाचार सुनाउने बताएकी छन् ।

स्ट्याटसमा थप्दै रोशनीले पहिले आफूले राजेश हमाललाई भेट्न मरिमेट्ने गरेको समेत लेखेकी छन् । पाटन क्याम्पसमा छँदा हमालले रोशनी प्लस राजेश लेखेको उल्लेख गर्दै उक्त नाम धमिलिएपनि प्रष्ट बुझिने भनेर हमालले आफूलाई उतिबेलैदेखि प्रेम गरेको अप्रमाणित कुरो लेखेकी छन् ।

टिप्पणीहरू