प्रधानमन्त्री देउवा नेपालगञ्जबाट उड्नुभयो

प्रधानमन्त्री देउवा नेपालगञ्जबाट उड्नुभयो

प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगञ्जबाट काठमाडौंको लागि प्रस्थान गर्नुभएको छ । सेनाको हेलिकोप्टरबाट उहाँ काठमाडौंका लागि केहीबेर अघि प्रस्थान गर्नुभएको हो ।

बेमौसमी बर्षाका कारण क्षति पुगेका सुदूरपश्चिमका विभिन्न जिल्लाको अवलोकन गर्न राजधानीबाट हिजो बिहानै उहाँ नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ जानुभएको थियो ।

प्रधानमन्त्रीले नेपाली सेनाको हेलिकोप्टरबाट हिजो सुर्खेत, डोटी, बझाङ, बैतडी¸ डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाहरुको अवलोन भ्रमण गर्नु भएको हो ।

हिजो राति धनगढीमा बास बस्नुभएका प्रधानमन्त्री आज नेपालगञ्जबाट राजधानीतर्फ प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू