बिदेशी पैसामा नेपालीको हिनामिना

बिदेशी पैसामा नेपालीको हिनामिना

दलित जनजाती उत्थान केन्द्र, रौतहटका एक जना कर्मचारी सहायता रकम हिनामिनाको आरोपमा रकमसहित समातिएका छन् ।

रौतहटको बौधीमाई नगरपालिका १ बस्ने दलित जनजाती उत्थान केन्द्र कलैयाका प्रोग्राम कोडिनेटरलाई प्रहरीले पक्राउ गरेको हो । २४ वर्षीय विकेश जयसवाललाई हिनामिना गरेको रकम ६० हजार ७ सय रुपिँयासहित प्रहरीले समातेको हो ।

कोभिड १९ ले अप्ठ्यारो पारेका महिलाहरुको निम्ति युएनडिपीले मानवीय सहायता स्वरुप प्रदान गरेको रकम लिन प्रभु बैंकको कार्यालय गएका स्थानीयसँग जयसवालले प्रतिव्यक्ति ३ हजार ३ सयका दरले उठाएका थिए । उनलाई बैंक हातामा पैसा उठाइरहेको अवस्थामा प्रहरीले रकमसहित पक्राउ गरेको हो ।

टिप्पणीहरू