सोल्टी होटलमा पूर्वराजपरिवारको जमघट

सोल्टी होटलमा पूर्वराजपरिवारको जमघट

पूर्वराजपरिवारका सदस्यहरुबीच दशैं,तिहार,छठ पर्वलगायतका चाडपर्वको उपलक्ष्यमा सोल्टी होटलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

भर्खरै शुरु भएको कार्यक्रम हिमानी कोषले आयोजना गरेको हो । कार्यक्रम कोषका अध्यक्ष हिमानी शाहको अध्यक्षता र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको छ ।

कार्यक्रमस्थलमा पूर्वयुवराज पारस शाहलगायत झण्डै दुई सय जनाको उपस्थिति रहेको बताइएको छ । कार्यक्रममा कला,खेलकुद तथा साहित्यिक क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट महानुभावहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

टिप्पणीहरू