अर्थबाट डिआइजी थप्न आनाकानी

अर्थबाट डिआइजी थप्न आनाकानी

नेपाल प्रहरीमा डिआईजीको दरबन्दी थप्ने गृहकार्य शुुरु भएको छ । तर प्रहरीको उच्च स्रोतले संगठनका तलतिरका अधिकृतलाई मनको लड्डु घिऊसँग खुवाउने उद्देश्यले डिआईजीको दरबन्दी थपको समाचार प्रवाह गराएको हुनसक्ने बताइएको छ ।

कुनै पनि सरकारी निकायमा दरबन्दी थप गर्दा आर्थिक दायित्व बढ्छ । प्रहरीमा थपिने दरबन्दीको लागि अर्थ मन्त्रालयले सहमति दिनुपर्ने हुन्छ । अर्थले भनेको छ, ‘डिआईजी थप्दैमा हुँदैन । तिनलाई सेवा सुविधासहित दिएर एआईजी बनाउनुपर्ने हुन्छ । एकाध वर्षपछि एआईजीको लागि खर्च थप्नुपर्ने हुन्छ । त्यसैले एउटा तहमा मात्र दरबन्दी थप्ने भन्ने कुराले लाखौं होइन, करोडौंको भार पर्न जान्छ । त्यसतर्फ पनि सोच्नुपर्छ ।’

नेपाल प्रहरीमा डीआईजी र एआईजी थपेपछि सशस्त्र प्रहरी बल पनि चुप लागेर बस्ने अवस्था आउँदैन । नेपाली सेनाले पनि त्यही मौकामा उच्च तहमा दुई चार वटा दरबन्दी थप्ने मेसो मिलाउने पक्का हुन्छ । सबैतिरबाट अनुकूल भयो भने राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो प्रस्ताव ल्याउने भएकाले दरबन्दी थपको विषय त्यत्ति सजिलो नभएको बताइन्छ ।

टिप्पणीहरू