पर्वतका गाउँ गाउँमा मोटरसाइकल चोरको आतंक

पर्वतका गाउँ गाउँमा मोटरसाइकल चोरको आतंक

पहाडी जिल्ला पर्वतमा समेत मोटरसाइकल चोरको बिगबिगी देखिएको छ । पर्वत र कास्कीबाट चोरिएका दुई वटा मोटरसाइकल महाशिला गाउँपालिका ५ लुङ्खुमा लुकाई राखेको अवस्थामा फेला परेपछि उक्त रहस्य खुलेको हो ।

ती मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्वतको कुश्मा ४, दुर्लुङचोकबाट शिव चापागाईंको बा.९३ प ८८७१ नम्बरको मोटरसाइकल साउन २६ गते राति चोरेर अशोक नेपालीले आफ्नो घर पुर्याएका थिए ।

नेपालीले घरमा अर्को ग.१९ प ९५९५ नम्बरको मोटरसाइकल समेत नम्बर प्लेट परिवर्तन गरेर प्रयोग गर्दै आएका थिए । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा महाशिलाका वर्ष २१ का अशोक नेपाली र वर्ष १८ का सागर नेपाली अहिले प्रहरी हिरासतमा छन् ।

उनीहरुले मोटरसाइकललाई प्रदेश ३–०२–०२० प ६८०६ र ग.१८ प ९५९५ नम्बरको नक्कली नम्बर प्लेट हालेर प्रयोग गरेका थिए । उनीहरुविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पहिलो पटक दिन १० को म्याद थपसङ्गै अनुसन्धान भइरहेको पर्वत जिल्ला प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू