बंगलादेशमा मारिएका हिन्दूहरुलाई काठमाडौंमा श्रद्धाञ्जली

बंलादेशमा इस्लामिक आतंकवादीहरुको आक्रमणमा परी ज्यान गुमाएका हिन्दूहरुप्रति काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ ।

गत नवरात्रीमा दुर्गा पूजाको क्रममा मारिएका उनीहरुप्रति आज माइतीघर मण्डलामा श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । कार्यक्रम साँझ ६ बजे विश्व हिन्दू परिषद् नेपालको आयोजनामा हुन लागेको हो ।

आततायी र बर्बर यातनाबाट मारिएकाहरुको चीरशान्तिको कामनाको लागि आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिको लागि सबैलाई अनुरोध गरिएको छ ।

टिप्पणीहरू