बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो,११ सय बढी घरपरिवार विस्थापित « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो,११ सय बढी घरपरिवार विस्थापित

प्रकाशित मिति :  ४ कार्तिक २०७८, बिहीबार १८:३०


आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । आज दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १ नम्बर प्रदेशमा ६०,बागमती प्रदेशमा एक,कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् ।

यस्तै, १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर,८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ भने विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !