आज सातसय भन्दा बढि संक्रमण मुक्त

आज सातसय भन्दा बढि संक्रमण मुक्त

आज मुलुकभर ५ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ७ सय २६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ८ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्अनुसार ६ हजार ५ सय ८६ जनामा पीसीआर तथा १ हजार ९ सय ६३ जनामा एन्टिजेन गरी ८ हजार ५ सय ४९ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ११ हजार ३ सय १५ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ रहेको छ ।

टिप्पणीहरू