बिपत्तीप्रति राष्ट्रपति भण्डारी द्रविभूत

बिपत्तीप्रति राष्ट्रपति भण्डारी द्रविभूत

बेमौसमी वर्षाले देशका विभिन्न भागमा पुर्याएको धनजनको क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ । आज विज्ञप्ती जारी गर्दै उहाँले अविरल वर्षापछि आएको बाढी-पहिरो र डुबानबाट प्रभावितहरुको उद्धार र राहतका लागि चासो देखाउनु भएको हो ।

राष्ट्र्पति भण्डारीले बाढी-पहिरोबाट प्रभावितहरुको उद्धार र राहत वितरणमा ध्यान दिन सरकार र राज्यका सबै संयन्त्रहरु लागिपर्ने विश्वास समेत लिनुभएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूले विपदको यस घडीमा प्रकोप पीडितहरुको उध्दार तथा व्यवस्थापन,घाइतेहरुको उपचार, राहत वितरण र बेपत्ता भएकोहरुको खोजी कार्यमा संवद्ध निकायहरुको ध्यान पुग्नेछ भन्ने विश्वास लिनुभएको छ ।’

त्यस्तै, अविरल वर्षाको कारण धानबालीमा पुगेको क्षतिप्रति पनि राष्ट्रपतिले चिन्ता जनाउनुभएको छ । पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणमा समन्वयात्मक रुपमा अघि बढ्न राष्ट्र्पति भण्डारीले आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिले प्राकृतिक प्रकोपबाट उत्पन्न अहिलेको दुःखद घडीमा राजनीतिक दल,सामाजिक संघसंस्था र समुदायबीच समन्वय गरेर पीडितहरुको उद्धार तथा राहत कार्यमा जुट्न आव्हान गर्नुभएको छ ।

राष्ट्र्पति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएको छ ।

टिप्पणीहरू