धेरैमा हान्दा, एउटालाई मात्रै तान्दा

एपेक्स डेभलपमेण्ट बैंकको पौनै दुई अर्ब रूपैयाँको अपचलनले वित्तीय क्षेत्रमा थप तरंग पैदा भएको छ । राजनीतिक आड र केन्द्रीय बैंकका केही पदाधिकारीसँगको सेटिङमा भएको उक्त काण्डसँगै एनसीसी बैंकमा मर्ज भएका अन्य तीनवटा विकास बैंकले प्रदान गरेको कर्जाको वास्तविक अवस्थाबारे पनि आशंका उत्पन्न भएको छ ।

एनसिसी बैंकसँग मर्जको लागि २०७२ मंसीर ११ गते केन्द्रीय बैंकबाट सहमति लिइएको थियो । १७ पुस २०७३ मा एकीकृत कारोबार शुरु हुनुुुुअघिको अवधिमै एपेक्समा झैं इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट, इन्टरनेशनल डेभलपमेण्ट र सुप्रिम डेभलपमेण्ट बैंकले पनि अन्धाधुन्द कर्जा प्रवाह गरेका थिए । संयोगले  कांग्रेसनिकट अध्यक्ष तथा बहुमत सञ्चालकको उच्च व्यवस्थापन रहेका ती चारवटै बैंकले उक्त अवधिमा झण्डै ९ अर्ब रुपैयाँको कर्जा बेपर्वाह ढंगले प्रवाह गरेकोतर्फ न राष्ट्र बैंक– न प्रहरीको सिआइबी, कसैले ध्यान दिएका छैनन् । एपेक्सले झैं अन्य बैंकको आडमा पनि राजनीतिक नेतृत्वले कर्जा दुरुपयोग गरेको हुनसक्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।

उक्त अवधिमा एपेक्सले २ अर्बभन्दा बढी, इन्फ«ास्ट्रक्चरले १ अर्ब ८५ करोड, इन्टरनेशनलले १ अर्ब ५० करोडभन्दा बढी र  सुप्रिमले ३ अर्ब रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गरेका थिए । स्थापनाकालदेखि नै एनसीसी बैंकझैं चारवटै डेभलपमेण्ट बैंक संस्थागत सुशासन निकै कमजोर भएका वित्तीय संस्थाको रूपमा परिचित रहेकाले तिनको कारोबारबारे समेत थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

टिप्पणीहरू