एमालेमा १० बुँदे सहमति लागु नहुँदाको विवाद बल्झियो

एमालेमा १० बुँदे सहमति लागु नहुँदाको विवाद बल्झियो

एमाले स्थायी समिति बैठक अहिले बसिरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलाइएको बैठकमा पर्सि ६ गते हुने वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशन सार्नुपर्ने विषय उठ्ने पक्का झैँ छ ।

आजको बैठकमा एकातिर त्यो अधिवेशनलाई एजेण्डा बनाइएको छ । यता त्यसैलाई निहुँ बनाएर बागमती प्रदेशसभाको बैठक सार्न हरसम्भव प्रयास भएको छ । उक्त प्रयास स्पष्ट अल्पमतमा परेको सरकारलाई एकाध दिन लम्ब्याउने लिस्नोको रुपमा अर्थ्याइएको छ ।

मुख्यमन्त्री तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वडा अधिवेशन सार्नुपर्ने धारणा पार्टीभित्र राखिसक्नुभएको छ । उहाँको तर्क छ, ‘तयारी भएको छैन,विना तयारी गर्नुहुँदैन ।’

अब ४८ घण्टा पनि बाँकी नरहेको अवस्थामा वडा अधिवेशनको लागि मतपत्रलगायतका निर्वाचन सामाग्रीको तयारी नै गरिएको छैन । एमालेले केन्द्रीय महाधिवेशनमा प्यानल बनाउन पाईंदैन भने पनि वडा अधिवेशनमा प्यानल बनाएर उठ्न पाइने कार्यकर्ताहरुले नै बताएका छन् । त्यसैले वडा र पालिकाको अधिवेशन रोक्न खोजिएको एकथरिको दाबी छ ।

यस्तो अवस्थामा आज बोलाइएको स्थायी समितिको बैठकलाई पार्टीभित्र पहिलेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहको उपस्थिति र भूमिका दाँज्ने कसीको रुपमा लिइएको बुझिएको छ । उपाध्यक्ष भीम रावललगायतका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले हिजो राजधानीमा आयोजित कार्यक्रममा चेतावनीपूर्ण भाषामा सन्देश दिनुलाई आजको बैठकसँग जोडेर हेरिएको छ ।

अब ४८ घण्टा पनि बाँकी नरहेको अवस्थामा वडा अधिवेशनको लागि मतपत्रलगायतका निर्वाचन सामाग्रीको तयारी नै गरिएको छैन । एमालेले केन्द्रीय महाधिवेशनमा प्यानल बनाउन पाईंदैन भने पनि वडा अधिवेशनमा प्यानल बनाएर उठ्न पाइने कार्यकर्ताहरुले नै बताएका छन् ।

पार्टीभित्र १० बुँदे सहमति लागु गरेर २०७५ जेठ २ अघिको अवस्थामा पुगेको भनिए पनि सुदूरपश्चिममा १० बुँदेको थोपो समेत नपुगेको रावलको बुझाई छ । यथार्थ पनि त्यही देखिन्छ । हिजो राजधानीको कार्यक्रममा १० बुँदेको सारङ्गी नरेट्न एमालेका तत्कालीन वरिष्ठ नेता नेपाल निकट १० भाइलाई ओलीले दिनुभएको चेतावनीले उहाँहरुको भूमिका चाउरिँदै गएको प्रष्ट भएको हो ।

त्यतिबेला उक्त समूहका झण्डै ४० जिल्ला अध्यक्षमध्ये जेठ २ को अवस्थामा पार्टी गएको भनिए पनि मुश्किलले ९ देखि १० जिल्लाका अध्यक्ष समाजवादीतिर लागेका छन् । बाँकी ३० जिल्लाका अध्यक्ष ओलीतिरै बसे पनि तिनको कुनै पुछनी छैन । सुदूरपश्चिमको ढिक्कै कमिटीलाई भने पूर्ण बेवास्ता गरिएको देखिन्छ ।

१ र २ नम्बर प्रदेशमा पनि १० बुँदे लागु भएको छैन । सर्लाही,सुनसरी,ताप्लेजुङ, चितवन,सुदूरपश्चिममा ओली विरोधी भनेर चिनिएका कुनै पनि अध्यक्षमाथि १० बुँदे लागु गरिएको छैन । धेरै जिल्लाका अध्यक्षहरुले क्याम्प चेञ्ज गरेका कारण अहिले एमालेभित्र उक्त समूहका नेताहरु निकै कमजोर हुँदै गएको ओली निकटस्थहरुको बुझाई छ ।

भिडियाे साभार टिकटक सामाजिक सञ्जाल 

टिप्पणीहरू