स्कुटीको डिकीभित्र ३० लाख, डेरामा ५० लाख

स्कुटीको डिकीभित्र ३० लाख, डेरामा ५० लाख

राजधानीमै स्कुटीको डिकीभित्र राखेर लाखौं नगद ओसारपसार गरिएको यथार्थ बाहिर आएको छ । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले भक्तपुरको लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक एउटा स्कुटीमा ठूलो परिमाणको नगद फेला परेपछि पहिलेको आशंका यथार्थमा परिणत भएको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा बा.४९ प ८५६५ नम्बरको स्कुटीको डिकीभित्र स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला परेको हो । उक्त रकम काठमाण्डौ महानगरपालिका ३२ कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनले डिकीमा राखेको अवस्थामा बरामद भएको हो ।

पुन अहिले महानगरीय प्रहरी वृत्त भक्तपुरको नियन्त्रणमा छन् । आवश्यक सोधपुछको क्रममा उनले आफ्नो डेरामा समेत रकम लुकाएर राखेको बताएका थिए । उनको डेरा खोजतलास गर्ने क्रममा प्रहरीले थप ५० लाख फेला पारेको छ ।

पुनको गिरफ्तारीपछि उनले गैरकानुनी कारोबार गर्दै आएको तथ्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले ८० लाख र स्कुटर बरामद गरेको छ ।

टिप्पणीहरू