माइक्रोबसमा सवार दुई भाइको झोलाभरि गाँजा

माइक्रोबसमा सवार दुई भाइको झोलाभरि गाँजा

मकवानपुरमा प्रहरीले माइक्रो बसमा सवार दुई जनालाई गाँजासहित पक्रेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरुलाई अस्ति मंगलबार पूर्वपश्चिम लोकमार्गको हेटौँडा १५, चुरियामाईबाट गाँजासहित पक्राउ गरिएको हो ।

समातिएकामा राक्सिराङ गाउँपालिका ५ का ४८ वर्षीय प्रेमबहादुर प्रजा (चेपाङ) र र २२ वर्षीय रविन्द्र प्रजा (चेपाङ) हुन् । उनीहरुको साथबाट ५ किलो ३ सय ग्राम गाँजा फेला परेको छ ।

उनीहरु हेटौंडाबाट वीरगन्ज जाँदै गरेको ना. १ ज १६७६ नम्बरको माईक्रो बसमा सवार थिए ।

टिप्पणीहरू