​खाने मुखमा खुरुखुरु

सरकार र मन्त्री फेरिए पनि ऐनका छिद्र प्रयोग गरी बिचौलिया र कर्मचारीले गरिबहरूसँग लाखौं असुल्ने धन्दामा केही फरक परेको छैन । वैदेशिक रोजगार कार्यालय, ताहाचलमा अहिले पनि दैनिक रि‐इन्ट्री शाखामार्फत मात्र २४ लाखभन्दा बढी रकम घुसस्वरूप असुल गरिन्छ भन्दा कसरी पत्याउन सकिएला र ? विदेशमा गई काम गरिसकेका र स्वदेश फर्किएर सोही मुलुकमा जान चाहने कामदार अचेल दैनिक १ सयभन्दा बढी उड्ने गरेका छन् । विद्यमान प्रावधानबमोजिम कुनै कामदारले फेरी सोही मुलुकमा काम गर्न जानेमा रि‐इन्ट्री शाखाले स्वीकृति दिनुपर्छ ।

तर, यसरी जान चाहनेहरू पहिले काम गरेकै कम्पनीमा जानुपर्ने प्रावधान छ । अहिले दैनिक उड्ने सयभन्दा बढी कामदारमध्ये ७५ प्रतिशत पुरानै कम्पनीमा नभई नयाँमा जान चाहने छन् । नयाँ कम्पनीमा जान चाहनेले रि‐इन्ट्री शाखाका कर्मचारीलाई रिझाएर विदेशिन नपाइने कानुनी व्यवस्था उल्लंघन गरी अनुमति प्राप्त गर्छन् । यसबापत प्रति कामदार कर्मचारी र बिचौलियाले कम्तीमा पनि ३५ लाखसम्म तान्ने गरेका छन् । सयभन्दा बढी यही प्रक्रियाबाट उड्ने कामदारमध्ये ७५ प्रतिशतका हिसाबले ७० जनाभन्दा बढीबाट दैनिक ३५ हजारका दरले पनि २४ लाखभन्दा बढी रकम उठ्ने गरेको छ । यो रकम बैरो ताहाचल कार्यालयको रि‐इन्ट्री शाखामार्फत संकलन हुने गरेको भए पनि सोही शाखा हेर्ने निर्देशक, कार्यालय प्रमुख, मन्त्रालयका सचिव र यसअघि श्रममन्त्रीसम्म पु¥याइने गरिन्थ्यो ।

कामदारले बुझाएको ३५ हजार रूपैयाँमध्येबाटै अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, नेपाल प्रहरी, गुप्तचर विभागका कर्मचारीसमेतलाई भाग पु¥याइन्छ । बैरो कार्यालयदेखि विमानस्थलसम्मको मिलेमतोमा पठाइने भएकाले यसरी पैसा बुझाएका मानिसले कतै पनि रोकिनु पर्दैन । दैनिक २४ लाखका दरले रकम उठाउने रि‐इन्ट्री शाखाका निर्देशक प्रेम देसारको भर्खरै स्थानीय निकायमा सरुवा भएको छ । अहिले त्यस कार्यालयका प्रमुख इन्द्रदेव पाण्डे नै यो शाखाको समेत प्रमुख हुन् भने त्यहाँ अधिकृतहरू रमण खड्का, प्रमोद मैनाली, सूर्य श्रेष्ठ, छत्रबहादुर शाह, दुर्गा पौडेल र सुरेन श्रेष्ठ कार्यरत छन् । यी अधिकृतहरू मातहत अरु नायब सुब्बा छन् ।

टिप्पणीहरू