कुखुराको दाना बोकेको बोलेरो खस्दा प्रधानाध्यापकको मृत्यु

कुखुराको दाना बोकेको बोलेरो खस्दा प्रधानाध्यापकको मृत्यु

काभ्रेको दोलालघाटबाट चौरी देउरालीतर्फ जाँदै गरेको बा.२१ च ९२१० नम्बरको बोलेरो जीप गए राति भुम्लु गाउँपालिकाको सल्लेस्थित कालोभीरमा दुर्घटना भएको छ ।

दुर्घटनामा चौरीदेउराली ४ स्थित सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल श्रेष्ठको मृत्यु भएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

कुखुराको दाना लिएर जाँदै गर्दा दुर्घटनामा परेको उक्त जीप सडकबाट तीन सय मीटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रधानाध्यापक श्रेष्ठ आफैँले जीप हाँकेका थिए ।

टिप्पणीहरू