किन पुगे विप्लवका प्रवक्ता गृहमन्त्रालयमा ?

किन पुगे विप्लवका प्रवक्ता गृहमन्त्रालयमा ?

नेपाल कम्युनिष्ट पार्टी विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा अस्ति अपरान्ह गृहमन्त्रालय पुग्नुभएको छ । गृहनगर पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाँण पनि हतार हतार त्यतिबेलै काठमाडौं फर्किनुभयो र सचिव,सहसचिवलाई जुटाइयो ।

त्यसरी एकाएक सबैजना जुट्नुको कारण विप्लवले गत फागुनमा ओली नेतृत्वको सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको विषय रहेको बताइएको छ । तीन बुँदे सहमति कार्यान्वयनको लागि आग्रह गर्दै आएको विप्लव समूहसँग देउवा सरकारले औपचारिक रुपमा अस्ति पहिलो पटक ठूलो स्केलको वार्ता गरेको हो ।

गृह मन्त्रालयमा भएको वार्तामा मन्त्री खाँण र प्रवक्ता विश्वकर्माको अतिरिक्त महान्यायाधिवक्ता खम्मबहादुर खाती,गृहसचिव टेकनारायण पाण्डे,कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा,गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कमल खत्री सहभागी हुनुहुन्थ्यो ।

वार्ता पौने ५ बजेबाट शुरु भएर पौने ६ बजे सकिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू