राजधानी ल्याइएका खसीबोका घर फिर्ता

राजधानी ल्याइएका खसीबोका घर फिर्ता

दशैंको लागि काठमाण्डौ ल्याइएका खसीबोका बिक्री नभएपछि सम्बन्धित गाउँघरमा फर्काइएको छ । गत वर्षको तुलनामा यो वर्ष खसीबोका खासै बिक्री नभएका कारण व्यापारीहरुले घरै फिर्ता पठाउन थालेका हुन् ।

काठमाडौं उपत्यकामा यो वर्ष मागभन्दा धेरै खसीबोका ल्याइएको थियो । तर सोचेअनुसार बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रा.लि.का बजार व्यवस्थापक जीवराज खतिवडाले बताए । कोरोना महामारीको जोखिम कायम रहेकाले त्यसको असर पशुचौपाया व्यापारमा समेत परेको उनको भनाइ छ ।

मागको सही अनुमान नगरी ठूलो परिमाणमा व्यापारीहरुले खसीबोका ल्याउँदा भनेझैँ बिक्री हुन नसकेको उनको ठहर छ । बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले आवश्यक सहजिकरण नगरिदिँदा यो वर्ष धेरै खसीबोका फिर्ता गर्नुपरेको बताएका छन् ।

यो वर्ष काठमाडौं उपत्यकामा व्यापारीहरुले ६५ हजार खसीबोका ल्याएको अनुमान गरिएको छ । कतिपयले खरिद गरेर ल्याएको मूल्यभन्दा निकै सस्तोमा बिक्री गर्नुपरेकाले पनि अहिले खसीबोकालाई खरिद गरेकै गाउँघरमा फिर्ता पठाइएको बताएका छन् ।

टिप्पणीहरू