आज पनि संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी, १३ जनाले ज्यान गुमाए

आज पनि संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी, १३ जनाले ज्यान गुमाए

आज मुलुकभर ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ७ सय ५८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज १३ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्अनुसार ७ हजार २२ जनामा पीसीआर तथा १ हजार ४ सय ४ जनामा एन्टिजेन गरी ८ हजार ४ सय २६ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ११ हजार ५ सय ७९ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय १८ रहेको छ ।

टिप्पणीहरू