बजारमा यसरी घट्यो नेताको भाउ

अहिले नेपाली पुँजी बजारमा शेयरको भाउ घटेको प्रसंगलाई राजपा नेता राजेन्द्र महतोले निकै रोचक पारामा राजनीतिक विश्लेषणसाथ पस्कने गरेका छन् । भन्छन्, ‘फोरम नेता उपेन्द्र यादवको पनि ओली सरकारले विश्वासको मत पाउनुअघि निकै भाउ बढेको थियो । तर, अहिले शेयर मूल्य ह्वात्तै तल झ¥यो ।’ उनी थप्छन्, ‘राजपालाई बाहेक राखेर एमाले र माओवादीसँग राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतको चुनावमा उपेन्द्रले मोलमोलाइ गर्दागर्दै हामी बिनासर्त भोट हाल्न गयौं । यसले उनको मूल्यमा ठूलो गिरावट आएको छ ।’

उनले त्यो कदमलाई यसरी व्याख्या गर्ने गरेका छन्, ‘कानुनी रूपमा हाम्रो उपस्थिति र मत वाम गठबन्धनलाई आवश्यक थिएन । उनीहरूले दुई तिहाई पु¥याइसकेका थिए । तर हामीले पहलकदमी लिएर स्वाट्टै मत हाल्यौं । अनि उपेन्द्रको केही जोर चलेन र अहिलेसम्म सत्ताबाट बाहिरै छन् ।’ स्रोतकाअनुसार उनी रमाइलो मान्दै भन्छन्, ‘अहिले त कसैले सोध्न, खोज्न नै छाडेजस्तो छ । आइतबार मधेसबाट काठमाडौं आएका उनी सोमबार साँझसम्म पनि कसैले फोन गरि पो हाल्छ कि भनेर यताउता भौंतारिइरहेका थिए, बिचरा !’ राजपाको ओली सरकारसँग सहकार्य गर्नुको कुनै विकल्प नरहेको र आफूहरू एक्लैले केही गर्न नसक्ने उनको ठहर रहेको छ । अब हाम्रा मुद्दालाई अगाडि बढाउन पनि ओली सरकारलाई भारतले दबाव नदिने पक्का भएकाले आफ्ना मुद्दा नछाड्ने तर प्रदेश नं. २ को समृद्धिका लागि सरकारलाई साथ दिने र सहयोग लिने गर्नु नै उपयुक्त हुने उनको विश्लेषण रहेको बताइन्छ ।

सरकारसँग आर्थिक सहयोग, कर्मचारी व्यवस्थापनको निम्ति तालमेल गर्नुपर्छ भन्ने महतोको धारणा देखिन्छ । उता, उपेन्द्र यादवको पार्टीमा आन्तरिक द्वन्द्व र कलह रहेकाले आफूहरू बलियो बन्नतर्फ लाग्नु पर्ने निश्कर्षमा राजपाका नेता पुगेका छन् । फोरम न पहाडेको, न त मधेसीको नै पार्टी बनेको अवस्था छ । सरकारमा उसका लागि दुईवटा मन्त्रालय छुट्याइएको छ । त्यहाँ को–को जाने भन्ने लफडा मिल्न सकेको छैन । उपेन्द्र आफू जानै प¥यो । रेणु यादवले पनि आफूलाई लानै पर्ने अडान राख्ने गरेकी छन् । त्यसैले उनलाई लाँदा दुवै यादवहरू मात्र भनेर पहाडे नेताहरू रिसाउने पिर छ । अहिले रेणुलाई फकाउन १५ जनाको नेता बनाएर उपेन्द्रले चीन पठाएका छन् । उपेन्द्र अझै केही दिन सत्ताबाहिरै रहने अवस्था रहेको चर्चा गरिन्छ । 

टिप्पणीहरू