प्रहरी र विमा ठग्न खोज्ने एक प्रहरी फन्दामा

प्रहरी र विमा ठग्न खोज्ने एक प्रहरी फन्दामा

नक्कली दुर्घटना बनाएर विमा कम्पनीलाई ठगी गर्न चाहने एक जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उप महानगरपालिका ४ का ३१ वर्षीय श्यामकुमार साह हुन ।

उनले विमा रकम असुल्नको लागि उदयपुर प्रहरीमा घटना प्रमाणिकरण रिर्पोट माग गरेका थिए । उनको निवदेनको आधारमा प्रहरीले घटनास्थल गएर अवलोकन अध्ययन र अनुसन्धान गर्दा गलत नियत र प्रहरीलाई झुक्याउँदै विमा ठग्ने उदेश्यले रिर्पोट लिन चाहेको खुलेपछि आजै उनलाई पक्राउ हिरासतमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

उनले निवेदनमा २०७८ साउन १६ गते सवारी साधन पिकअप खोलामा आएको बाढीले बगाएको रिर्पोट माग गरेका थिए । तर उक्त दिन खोलामा बाढी नै आएको थिएन ।

टिप्पणीहरू