आगामी आइतबार र सोमबार जुका र भिटामिन ए को औषधि खुवाइने

आगामी आइतबार र सोमबार जुका र भिटामिन ए को औषधि खुवाइने

सरकारले यो वर्ष कात्तिक ७ र ८ गते बालबालिकालाई जुका र भिटामिन ए को औषधि खुवाउने भएको छ । सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को औषधि खुवाउँदै आएको छ ।

१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधि दिइन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।

टिप्पणीहरू