​प्रमले किन पढाए राजाको पाठ ?

शुक्रबार साँझ हुल बाँधेर जंगी अड्डा छिरेका प्रधानमन्त्रीले निकै महŒवसाथ एउटा उदाहरण पेश गरेका छन् । त्यो थियो, इरानका पूर्वराजा साह रेजा पहल्वीसम्बन्धी । पूर्वरक्षामन्त्री तथा वर्तमान गृहमन्त्री बादल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा तथा सचिवहरूसहित त्यहाँ ४ घण्टा बिताएका उनले सेनालाई दायाँ–बायाँ नगर्न अप्रत्यक्ष रूपमा सुझाव दिएका थिए । उनले निकै घुमाउरो र लाक्षणिक शैलीमा सेनाले जनभावनाको कदर गर्नुपर्नेमा जोड दिन साह रेजा पहल्वीको उदाहरण पेश गरेका हुन् । उनको जोड थियो, ‘इरानमा त्यही सेनाले साहलाई शक्तिशाली बनायो अनि कालान्तरमा जनतासँग मिलेर सेनाले उनलाई पदच्युतसमेत गर्नुप¥यो ।’

धानमन्त्रीको नेपालको राजनीतिक इतिहासमा नेपाली सेनाले सधैं जनभावनाको कदर गर्दै आएको दृष्टान्तसमेत स्मरण गराएका थिए । ०६४ सालको परिवर्तनलाई सेनाले सहजै स्वीकार गरेको, ०६२÷६३ को जनआन्दोलनका संयमता देखाएको तथा राजा ज्ञानेन्द्रको बहिर्गमन र राजसंस्थाको अन्त्यलाई स्वाभाविक राजनीतिक घटना र परिवर्तनका रूपमा अंगीकार गरेको समेत उनले उदाहरण दिए ।

स्रोतका अनुुसार भनाइको उद्देश्य स्पष्ट थियो, अहिले पनि जनताले वाम नेतृत्वको सरकारबाट निकै परिवर्तनको अपेक्षा राखेका छन् र नेपाली सेनाले त्यसमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । सेना, प्रहरी, कर्मचारीतन्त्र, राजनीतिक दललगायत सबै संस्था र निकायले जनताको परिवर्तनप्रतिको चाहनालाई सम्मान गर्न सक्नुपर्ने उनको धारणा थियो । त्यसैले प्रमले सन् १९७९ को जनवरीमा इजिप्ट धपाइएका इरानी राजाको प्रसंग र उनका सन्तानहरूले अहिलेसम्म पनि अमेरिकामा भोगेको नियतिबारे सेनाका हाकिमलाई सुनाएको हुनुपर्छ । हुन पनि २५ सय वर्ष पुरानो (पर्सियन) इरानी राजतन्त्र जनताको परिवर्तनप्रतिको चाहनालाई बुझ्न नसक्दा मुलुकबाटै निर्वासित भई इतिहासको पानामा मात्र सीमित रहन बाध्य भएको थियो । इरानी राजा साह रेजा पहल्वीको उदाहरणलाई सेनाले निकै अर्थपूर्ण रूपमा लिएको सम्बद्ध स्रोतले बताएको छ । 

टिप्पणीहरू