धानबालीमा भएको क्षतिबारे सरकारले हिसाब निकाल्दै

धानबालीमा भएको क्षतिबारे सरकारले हिसाब निकाल्दै

असोज मसान्तदेखि भएको निरन्तर वर्षाका कारण मुलुकभर जनधनको क्षति भएको छ । वर्षाले सबैभन्दा धेरै कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । धानबाली स्याहार्ने समयमा पानी पर्दा मुलुकले नसोचेको मूल्यको क्षति व्यहोर्नु पर्ने अनुमान गरिएको छ ।

आज जनआस्थासँग कुराकानी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि शाखाका सूचना अधिकारी महादेव पौडेलले बेमौसमी वर्षाले धानबालीमा ठूलो नोक्सान गरेको बताउनुभएको छ ।

पौडेलले हालै यति क्षति भयो भन्ने अवस्था नरहेको बताउँदै पानी पर्ने क्रम अझै नरोकिँदा र प्रदेश तहबाट विवरण नआउँदा कति क्षति भयो भन्ने विषयमा मन्त्रालय नै अन्योलमा रहेको बताउनुभएको हो ।

सूचना अधिकारी पौडेलका अनुसार धानबालीमा भएको क्षतिको विषयलाई लिएर आजै मन्त्रालयमा बैठक बस्न लागेको हो । यसबीचमा लुम्बिनी प्रदेशमा मात्रै ३६ हजार ४ सय हेक्टर क्षेत्रफलको धानबालीमा क्षति भएको अनुमान गरिएको छ । अन्य प्रदेशहरुमा पनि सोही हाराहारीमा क्षति भएको हुनसक्ने आँकलन गरिएको छ ।

टिप्पणीहरू