चीनसङ्ग लड्न भारतले बनायो गैरघातक हतियार

चीनसङ्ग लड्न भारतले बनायो गैरघातक हतियार

गत वर्ष चीन र भारतको सीमामा रहेको गलवान उपत्यकामा भएको भिडन्तबाट पाठ सिक्दै चीनविरुद्ध लड्न भारतले गैरघातक हतियार बनाएको समाचार बाहिरिएको छ ।

चीनविरुद्ध लड्नकै लागि भारतको उत्तर प्रदेशस्थित एपास्टेरोन प्राइभेट लिमिटेडले त्रिशुल र स्यापर पञ्च जस्ता गैरघातक हतियार बनाएको दाबी गरिएको छ । लडाईं नभएको तर दुबै पक्ष भिडन्तको तम्तयारी अवस्थामा बसेका बेला दुश्मनलाई अस्थायी रूपमा निश्प्रभावी बनाउन उक्त हतियार बनाइएको कम्पनीले जनाएको छ ।

गलवान झडपमा चिनियाँले भारतीय सैनिकविरुध्द तार र लाठी प्रयोग गरेको आरोप भारतले लगाउँदै आएको छ । भारतीय सुरक्षा बलले आफूहरुलाई गैरघातक हतियार विकास गर्न आग्रह गरेको एपासटेरोनका चिफ टेक्नोलोजी अफिसर मोहितकुमारले बताएका छन् ।

हतियारमा रहेको स्पाइकले तोकिएको निश्चित सीमासम्म विद्युत प्रवाह गर्ने र दुश्मनसँगको ठेलमठेल र घमासनको समयमा शत्रुलाई निश्प्रभावी बनाउन सक्ने बताइएको छ । तर यसले कसैलाई पनि मृत्युको अवस्थासम्म नपुर्याउने र गम्भीर चोट वा हानी नोक्सानी नगर्ने दाबी छ ।

टिप्पणीहरू