बेमौसमी वर्षाले पूर्वान्चलमा अन्धकार

बेमौसमी वर्षाले पूर्वान्चलमा अन्धकार

लगातारको बेमौसमी वर्षाले मुलुकका पश्चिम,सुदूर पश्चिम र पूर्वी भेगमा ठूलो क्षति पुर्याएको छ । अधिकांश ठाउँमा अस्तिदेखि अन्धकार छ । पूर्वतिर सबै ब्ल्याक आउट सरह भएको नेपाल विद्युत प्राधिकरण स्रोतले बताएको छ ।

वर्षापछि सब स्टेशनमा पुगेको असरले २ नम्बर प्रदेश पूरै ब्ल्याक आउट भएको छ । विराटनगरका सबै सब-स्टेशनहरु डुबानमा परेकाले विद्युत आपूर्ति बन्द छ । मुलुकको पश्चिम र सुदूरपश्चिममा पनि त्यस्तै हालत छ ।

हावाहुरी र बाढी पहिरोले बिजुलीका टावरहरु ढलेका छन् । १ नम्बर प्रदेशमा तत्काल विद्युत प्रशारणको निम्ति निकै ठूलो समस्या रहेको बताइन्छ ।
सूदुरपश्चिममा पनि टावरहरु ढलेका छन् । अत्तरियाबाट उत्तरतर्फ जाने टावरहरु ढलेका छन् । टावरको काम गर्न वर्षाले असर पारेको प्राधिकरणको भनाइ छ । ‘वर्षामा बिजुली र खम्बाको काम गर्न सकिँदैन,’स्रोतले भन्यो ।

गए राति परेको निरन्तरको वर्षाले तराईमा डुबानमा परेका अधिकांश घरका एक तल्लासम्म पूरै डुबेको छ । प्राधिकरणका सोलार प्यानलहरु पनि सबै डुबेको छ । २०७४ सालमा पनि यसैगरी सबै डुबेको थियो । प्यानल रिस्टोर गर्न कम्तिमा पाँच दिन लाग्ने प्राधिकरणको बुझाई छ । चार वर्षअघि पनि पाँच दिन लागेकाले अहिले पनि त्यस्तै अवस्था देखिएको हो ।

पानीले डुबाएर प्यानल सबै फेर्नुपर्ने भएकाले लागतको हिसाबले ठूलो क्षति भएको बताइन्छ ।

टिप्पणीहरू