रोल्पामा ११ महिला र २ पुरुष मिलेर गोरु काटे

रोल्पामा ११ महिला र २ पुरुष मिलेर गोरु काटे

रोल्पामा १३ जना मिलेर गोरु काटेका छन् । रुन्टिगढी गाउँपालिका १, लापाल भन्ने स्थानमा गोरु काटिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गोरु काटेको सूचना पाएपछि पुगेको प्रहरी निरीक्षक जीवराज थापाको नौ जनाको टोलीले झण्डै १ सय केजी मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा स्थानीय राम्ली बस्ने २० वर्षीय आकाश घर्तिमगर, २० वर्षीय लालबहादुर पुन, ३० वर्षीया चन्द्रकला घर्तिमगर, २२ वर्षीया ठगीमाया घर्तिमगर, ४० वर्षीया मैना घर्तिमगर, ३५ वर्षीया पवित्रा घर्तिमगर, ४२ वर्षीया लक्षिता राना मगर, ३६ वर्षीया देउधनी घर्तिमगर, चन्द्रलाल रानामगर, ३२ वर्षीय गौसरी घर्तिमगर, ४२ वर्षीया सौरी रानामगर, ४२ वर्षीया खिमा रानामगर र १९ वर्षीया आशाकुमारी घर्तिमगर छन् ।

उनीहरुलाई पशुपंक्षीसम्बन्धी कसुर अभियोग लगाएर मुद्दा चलाइने प्रहरीले जनाएको छ । गोरुको मासुलाई स्थानीय वडा अध्यक्ष र अन्य व्यक्तिको रोहबरमा खाल्डोमा पुरिएको छ । त्यसमध्ये चार केजी मासु परीक्षणको लागि जिल्ला पशु कार्यालय पठाइएको छ ।

टिप्पणीहरू