डिप्लोम्याटको नियम

नेपालस्थित विदेशी कूटनीतिक नियोगका पदाधिकारी हाम्रा मन्त्री एवं सरकारी पदाधिकारीको किचेन र बेडरुममा समेत छिर्न थालेपछि सरकारले एउटा नियम बनाइदिएको छ– आइन्दा विदेशी डिप्लोम्याटहरूले कसैलाई भेट्नुप¥यो भने परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्र भेट्ने । होइन भने भेट्न पाइँदैन । 

नियम बनाएपछि सरकार ढुक्क छ । परराष्ट्र मन्त्रालय पनि ढुक्कै भयो । किनभने नियम नै बनाइसकेकाले अब कोही पनि विदेशी हाम्रा मन्त्री एवं नेताहरूको किचेन र बेडरुममा छिर्न नसक्ने भए ।

तर, नियम बनाएर के गर्नु, नियमको पनि ठाउँठाउँमा प्वाल हुँदो रहेछ । अहिले विदेशी डिप्लोम्याटहरू हाम्रा नेता एवं मन्त्रीहरूको बेडरुममा होइन, मोबाइल र एप्सहरूमा छिरिरहेका छन् । फेसबुकको मेसेन्जरमा छिर्न अथवा मोबाइल फोनमा छिर्न त परराष्ट्र मन्त्रालयको अनुमति लिनु परेन । अब नेताहरूको घरमा नगइकनै आफूले खोजेको काम बन्छ भने को गइरहोस् अरुले देख्ने गरी नेताको घर ? आखिर परराष्ट्र मन्त्रालयले राम्रै नियम बनाएको रहेछ । न नेताको घर जानुपर्ने, न आफ्नो काम रोकिने । वाह ! वाह वैरागी सर !  

टिप्पणीहरू