हाउजिङभित्रको कोल्डस्टोरमा जुवाको खाल

हाउजिङभित्रको कोल्डस्टोरमा जुवाको खाल

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा काठमाडौंबाट छ जना समातिएका छन् । विष्ष्णुदेवी हाउजिङमा रहेको सुष्मिता कोल्डस्टोरभित्र जुवातास खेलिरहेको अवस्थामा दुई जना महिला र चार जना पुरुष समातिएका हुन् ।

कोल्डस्टोर सञ्चालक आरती लम्सालसहित विष्णुदेवी हाउजिङमा बस्ने गोविन्द मगर,राजकुमार लम्साल,लक्ष्मी तामाङ,राजेन्द्र गिरी, सुरेन्द्र क्षेत्रीलाई प्रहरीले समातेको हो । उनीहरुलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम अनुसन्धान भैरहेको बताइएको छ ।

उनीहरुको साथबाट चार बुक तास र एक लाख पाँच हजार दुई सय चालिस रुपैयाँसमेत बरामद भएको छ ।

टिप्पणीहरू