बिना सेड्युल आज फेरि क्याबिनेट बैठक

बिना सेड्युल आज फेरि क्याबिनेट बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ । क्याबिनेटको नियमित बैठक सोमबार र बिहिबार बस्ने गरिँदै आएको भए पनि देउवा नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसर पारेर अपरान्ह २ बजे बैठक डाकिएको सिंहदरबार स्रोतले जनाएको छ ।

सर्वाेच्चको आदेशअनुसार गत ०७८ साल असार २९ मा पाचौं बनेको देउवा सरकारले आज आफ्नो सय दिन अर्थात हनिमुन पिरियड पूरा गरेको छ ।
यही समयमा प्रधानमन्त्री देउवाको सचिवालयले आफ्नो हनिमुन पिरियडमा गरेका २४ मुख्य उपलव्धिहरु सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार,सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति,सफल खोप कूटनीति, एक करोड ५० लाख खोप व्यवस्थापन,लगानीमैत्री वातावरणको सिर्जना,कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज, प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन,उल्लेख्य रुपमा राजस्व संकलनमा बृध्दि,देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार,सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको, सरकारी कागजातहरुको डिजिटल अर्काइभिङ शुरु,अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने काम यसवीच भएको छ ।

यता आज अपरान्ह सिंहदरबारमा डाकिएको क्याबिनेटले दर्जन बढी सहसचिवको नियुक्ति र पदस्थापन साथैं अन्य मन्त्रालयगत नियमित प्रस्तावउपर निर्णय गर्ने कार्यसूची छ ।

टिप्पणीहरू