तलब नबढेपछि अस्पतालमा उपचार ठप्प

तलब नबढेपछि अस्पतालमा उपचार ठप्प

बाँकेको अस्पतालमा ५ वर्षदेखि तलब नबढाएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । कोहलपुर नगरपालिका ११, दश बिगाहस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु तलव भत्ताबृध्दिको मागसहित आन्दोलित भएका हुन् ।

कर्मचारी संगठनका संयोजक यमबहादुर खड्काको नेतृत्वमा अस्पतालका कर्मचारी संगठन, कर्मचारी संघ,नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको संयुक्त आयोजनामा तीन दर्जन कर्मचारीहरूले आन्दोलन गरेका छन् ।

उनीहरूले गत असोज ११ गतेदेखि हातमा कालोपट्टी बाँधेर अन्दोलन गरिरहेका छन् । तर आन्दोलनलाई बेवास्ता गरेकाले आजदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिँदै हिजो अस्पतालमा तालाबन्दीसमेत गरिएको छ ।

यस्तै उनीहरूले तलब,भत्ता वृद्धि गरिनु पर्ने, दरबन्दी सृजना गरिनु पर्ने,रात्रीकालीन खाजा भत्ता हुनु पर्ने, औषधि उपचार भत्ता हुनु पर्ने, बढुवा गरिनु पर्ने, अवकास, उपदान र बिमा हुनु पर्ने एवम् सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्ने जस्ता मागहरु राखेका छन् ।

टिप्पणीहरू