अमेरिकाबाट पदमुक्त राजदूत कात्तिक १५ गते धुम्बाराहीको घर छिर्ने

अमेरिकाबाट पदमुक्त राजदूत कात्तिक १५ गते धुम्बाराहीको घर छिर्ने

फिर्ता बोलाइएका अमेरिकाको लागि नेपाली राजदूत डा. युवराज खतिवडा कात्तिक १५ गते काठमाडौं आइपुग्ने भएका छन् । सरकारले एक महिनाअघि नै फिर्ता बोलाएका विभिन्न देशका राजदूतमध्ये उनी पनि हुन् ।

अमेरिकी विदेश मन्त्रालयका पदाधिकारीहरुसँग भेटघाटको निम्ति समय मागेको निहुँमा झण्डै एक महिनाको समय उतै गुजारेका उनले अक्टोबर महिनाभित्र स्वदेश फर्किने परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । परराष्ट्र स्रोतले भन्यो, ‘अक्टोबरभित्र स्वदेश फर्किनेछु भनेर केही दिन पहिले जानकारी आएको छ ।’

गत असोजको शुरुमा सरकारले फिर्ता बोलाएपछि पदमुक्त भएका खतिवडा त्यसबीच बोस्टनमा आयोजित स्वागत कार्यक्रममा राजदूतकै हैसियतमा सहभागी भएका थिए । मासाचुसेट्स राज्यका सरकारी अधिकारीहरुसँग पनि राजदूतको हैसियतमा भेटघाट गरेका हुन् ।

कूटनीतिक क्षेत्रको आचरणअनुसार कुनैपनि राजदूत पदमुक्त भएपछि सम्बन्धित देशको परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुबाहेक विदेश मन्त्री तथा सरकार र राष्ट्र प्रमुखसँग मात्र भेटघाट गर्नुपर्ने हुन्छ । तर उनले उक्त आचरणको ठाडो उल्लंघन गरेको वासिङटन डिसीस्थित दूतावास स्रोतले बताएको छ ।

असोज पहिलो साता राष्ट्रसंघको साधारण सभामा भाग लिन अमेरिका पुगेको परराष्ट्र मन्त्री नारायण खड्काको टोलीमा पदमुक्त भएका कारण खतिवडालाई राखिएको थिएन ।

तर, त्यहि मेसोमा उनी राजदूतको हैसियतमा बोस्टनमा आयोजित कार्यक्रममा सहभागी भएर स्थानीयको स्वागत ग्रहण गरेका थिए । जबकि उनले बिदाई कार्यक्रममा सहभागी हुनुलाई मात्र स्वाभाविक मानिन्थ्यो ।

टिप्पणीहरू