सरकार चार दलको,ब्युरोक्रेसी एक दलको

सरकार चार दलको,ब्युरोक्रेसी एक दलको

विश्लेषकहरुका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान पाँचदलीय गठबन्धन ‘लिबरल’ ढंगले अघि बढेको छ ।

तर,शुरुदेखि नै समग्र ब्युरोक्रेसी, सिडियो र सुरक्षा निकायमा भइरहेको छानी छानी र एक्लौटी सरुवामा काँग्रेसको मात्रै रजगज देखिन्छ । त्यसमा गठबन्धनका अन्य दलले सामान्य प्रतिवादसमेत गरेको पाइन्न ।

सरसर्ती हेर्दा काँग्रेस र माओवादी मिलेको देखिन्छ । तर,दुबै थरि समाजवादीको ब्युरोक्रेसीका सबै पक्षमा गरिएको सरकारी निर्णयमा सामान्य उपस्थितिसमेत नदेखिएको उनीहरुको विश्लेषण छ । मुख्य मन्त्रालयको जिम्मा पनि काँग्रेस र माओवादीले लिएको भन्दै भित्रभित्रै गुनासो भने चर्को छ ।

त्यो कारणले पनि ब्युरोक्रेसीमा समाजवादीको खासै पहल र भूमिका नदेखिएको हो । कुनैपनि राजनीतिक दललाई मतदाताले झैँ ब्युरोक्रेसीले पनि सपोर्ट गर्नुपर्ने हुन्छ । कथम् ब्युरोक्रेसीले सपोर्ट गरेन भने भोलिको दिनमा त्यो राजनीतिक दलको अवस्था के होला भनेर अहिले नै अनुमान लगाउन गाह्रो नहुने बिश्लेषकहरुको बुझाई हो ।

यसबीचमा भए गरिएका नियुक्ति र सरुवालाई हेर्दा काँग्रेसले चलाएको मन्त्रालयमा सामान्य ढंगले भए पनि माओवादीले हस्तक्षेप गरेको देखिन्छ । तर काँग्रेस एक्लौटी रुपमा अघि बढेको र बढ्न खोजेको धेरैले महसुस गरेका छन् ।

गृह मन्त्रालयको सम्बन्धमा माओवादीलाई अरुले पूरै खेदेको देखिन्छ । अर्थमा भने काँग्रेसले माओवादीलाई दबाबमा राखेको छ । माओवादी नेतृत्वको कतिपय निकायमा भए गरेका राजनीतिक नियुक्तिमा काँग्रेसले आफ्नो बर्चस्वलाई कायम राखेको छ ।

तर,त्यस्तो कार्यमा एकीकृत समाजवादी र जनता समाजवादीको कुनै पनि भूमिका र हस्तक्षेप देखिँदैन । किनभने काँग्रेसले एकीकृत समाजवादीलाई अहिले पनि एमालेलाई हेर्ने आँखाले हेरेको काँग्रेसीजनले बताएका छन् ।

टिप्पणीहरू