​छोरा पनि कतिसम्मका भने…

उहिल्यैदेखि न्युरोडतिर नाम चलेका बाजा बेच्ने बाजे थिए, हार्मोनियम माइला नामका । छोरा कृष्णभाइ तण्डुकार नै ७०–७५ वर्ष भैसके । उनकै छोरी हुन् डा.सगुना श्रेष्ठ । अहिले यो परिवारमा किचलो छ, सम्पत्तिको !

कृष्णभाइकै बाबु–छोराबीच ०४४ सालमा अंशबण्डा भएको देखिन्छ । कृष्णभाइले तीन वर्षअघि न्युरोडस्थित ब्रिटिश गोर्खा सहकारीमा १० लाख रुपैयाँ जम्मा गरेका थिए । पैसा राख्न जाने क्रममा छोरा पनि साथै थिए । त्यहाँ फर्म भर्न लगाइयो । दरखास्तवाला बाबु, पाउने पनि बाबु, चेक उनकै नाममा छ । तर, समस्या खडा गरे छोराले, साक्षी किनारामा आफ्नो नाम राखे । केही समयपछि बाबु पैसा झिक्न गए । सहकारी भएको घर उनको आफ्नै हो । तर, यसबीच छोराले सहकारीसँग मिलेर कागज फेरी । आफ्नो हस्ताक्षरबिना कसैले पैसा झिक्न नपाउने बनाएका रहेछन् । भएभरको कागज फेरेर, नाम फेरेर उनले यस्तो काम गराएका हुन् । छोरासँग मिलेर सहकारीले बद्मासी गरेको आरोप छ, कृष्णभाइको । अहिले आफ्नै छोराका विरुद्ध बृद्ध बुबा घरेलु हिंसाअन्तर्गत उजुर गर्ने अवस्थामा पुगेका छन् । 

– यशोदा पोखरेल

टिप्पणीहरू