चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

चीनले नेपाललाई थप २० लाख डोज खोप दिने

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । आज परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले कोरोना खोप अनुदानमा दिने बताउनुभएको हो ।

विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिबद्धता जनाउनुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

चीनले अनुदानमा खोप उपलब्ध गराएकोमा परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्रीलाई धन्यवाद दिनुभएको छ ।

टिप्पणीहरू